पोखरामा झडप,पाँच घाइते

पोखरा,६ वैशाख।

pokharama

पोखरा सञ्चालन हुन लागेको उज्यालो यातायातको कार्यालयमा झडप भएको छ । झडपमा परी पाँच जना घाइते भएका छन् ।

काठमाडौमा मुख्य कार्यालय रहेको उज्यालो यातायातले पोखराको जिरो किलोमिटरमा कार्यालय राखेर केहि दिन पछि यातायात सञ्चालन गर्ने तयारी गरेको थियो ।
उज्यालोको कार्यालयमा पृथ्वी बस सञ्चालकका व्यक्तिहरुले ढुङगा प्रहार गर्दा उज्यालो यातायातका ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

 काकँभिट्टा, पोखरा हुदै बाग्लुङ सम्म यातायात सञ्चालन गर्ने लक्ष्यका साथ उज्यालो यातायातले पोखरामा कार्यालय खोलेको थियो । झडप पछी प्रहरीले कार्यालय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

पोखरामा यातायातमा सिण्डिकेट रहेको भन्दै विरोध हुने गरेको छ । नयाँ समितिले गाडी हाल्नासाथ तोडफोड र आक्रमण हुने गरेको छ ।