यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
आज रामनवमी पर्व मनाईंदै. काठमाडौं, ३ वैशाख ।. श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा–आराधना गरी आज रामनवमी पर्व मनाईंदै छ । हरेक वर्षको चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ ।. मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाउने गरिन्छ । असुर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरमा पूजापाठ गरिँदै छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । देशभरका बिभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ ।. राम नावमीमा ब्रत बसी पूजापाठ तथा जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने विश्वास छ ।. यसैबीच आज जनकपुरको रामजानकीसहित देशभरका राम मन्दिरमा पूजाआजाका लागि भक्तजनको भीड लागेको छ । राम जानकी मन्दिरमा नेपाल र भारतका श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ । रामनवमी पर्वको अवसरमा जनकपुरको गंगा सागर, धनुसागर, अर्गज्जा पोखरीमा स्नान गरी राम जानकी मन्दिरमा पूजा पाठ गरे पारिवारिक सुख शान्तिका साथै हरेक प्रकारका दुखबाट मुक्ति हुने जनविश्वास रही आएको छ ।.
आज रामनवमी पर्व मनाईंदै
काठमाडौं, ३ वैशाख ।

श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा–आराधना गरी आज रामनवमी पर्व मनाईंदै छ । हरेक वर्षको चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ ।
मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाउने गरिन्छ । असुर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरमा पूजापाठ गरिँदै छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । देशभरका बिभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ ।
राम नावमीमा ब्रत बसी पूजापाठ तथा जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने विश्वास छ ।
यसैबीच आज जनकपुरको रामजानकीसहित देशभरका राम मन्दिरमा पूजाआजाका लागि भक्तजनको भीड लागेको छ । राम जानकी मन्दिरमा नेपाल र भारतका श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ । रामनवमी पर्वको अवसरमा जनकपुरको गंगा सागर, धनुसागर, अर्गज्जा पोखरीमा स्नान गरी राम जानकी मन्दिरमा पूजा पाठ गरे पारिवारिक सुख शान्तिका साथै हरेक प्रकारका दुखबाट मुक्ति हुने जनविश्वास रही आएको छ ।