मधेशवादी दललाई सार्थक वार्तामा बस्न प्रधानमन्त्री ओलीको अपील

काठमाडौँ, ३० चैत ।
pm-oli
 प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशवादी दललाई सार्थक वार्तामा बस्न अपील गरेका छन् ।मंगलबार साँझ  ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा  देशवासीको नाममा  संबोधन गर्दै प्रधानमन्त्री ओलीले मधेशवादी दललाई वार्ताका लागी आह्वान गरेका हुन् ।
उनले थाती रहेका विषयमा सार्थक बहस गरी समाधान निकाल्न सरकार तयार रहेकोमा जोड दिए। उनले  सार्थक वार्ताका लागी  सरकारले उपप्रधानमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन गरेको समेत बताए ।

प्रधानमन्त्री बनेको ६ महिनामा देशको नाममा दोश्रो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कछुवाको तालमा अघि बढ्नु पर्दा आफूलाई पीडा भएको भन्दै प्रधानमन्त्रीले आफूले सरकारको विकाश दौडमा लाग्न सबैलाई आग्रह गर्ने बताए ।

नयाँ वर्षको शुभकामना दिँदै गर्दा इन्धन असहजतालाई सहजतामा परिणत गर्ने र भूकम्प पछिको पुनः निर्माणलाई प्राथमिकतामा राखिएको ओलीले स्पष्ट पारे ।

ओलीले आफूले घोषणा गरेका कामहरु जारी रहेको बताउँदै आलोचना नगरी काम गर्न दिनुस् भने । ओलीले काला बजारी र अनियमितता गर्नेहरुलाई नछोड्ने चेतावनी पनि दिएका छन् ।आफूलाई आलोचना गर्नेहरुलाई ओलीले भने ‘अहिले आलोचना गर्ने समय होइन काम गर्न दिनुस् घोषणा गरेका काम समयमा हुन्छन्’ ।

भारतलाई   प्रधानमन्त्री ओलीको जवाफ- रोटी-बेटीको सम्बन्ध भनेर मात्र हुँदैन। 
 प्रधानमन्त्री ओलीले रोटी-बेटी वा अरनिको-भृकुटी को नामले मात्र सम्बन्ध राम्रो हुन नसक्ने समेत बताए । उनले परराष्ट्र सम्बन्ध र नीति पञ्चशीलको सिद्धान्त केन्द्रमा राखेको उनले बताए । ओलीले चीन र भारत लगायत सबै मित्र राष्ट्रहरुसँग सुमधुर सम्बन्ध राख्न चाहेको तर त्यका लागि राष्ट्रिय हित केन्द्रमा राखिने उनले बताए ।

 नेपालमा मानव अधिकारको अवस्था राम्रो रहेको छ ।

हिंसात्मक द्वन्द्धबाट गुज्रिएको देशले शान्तिपूर्ण अवस्थामा तत्कालीन द्वन्द्ध ब्यवस्थापनको वर्तमान समयमा केही कमी कमजोरी रहेको भएपनि धेरै कुरा राम्रो भएको दावी प्रधानमन्त्री ओलीले गरेका छन् ।

भारतले उठाउन खोजेको द्वन्द्धकालीन मुद्धा र मानव अधिकारको मुद्धाप्रति लक्षित गर्दै ओलीले नेपालको मानव अधिकारको अवस्था धेरै राम्रो भएको बताएका छन् ।
नेपालको मानव अधिकार सम्बन्धि मुद्धा भारतले धेरै पटक उठाएको छ । केही समय अघी स्वीट्जर्ल्याण्डको जेनेभास्थित अन्तर्राष्ट्रिय मञ्चबाट नेपालको मानव अधिकारबारे भारतले कुरा उठाएको थियो ।
सरकारको उपलब्धी
सम्बोधनमा ओलीले थुप्रै महत्वकांक्षी योजनाहरुको काम समयमै पुरा हुने विश्वास दिलाएका छन् ।
ओलीले फागुन दोस्रो साताबाट भारतबाट ८० मेगावाट विद्युत ल्याइसकिएको जानकारी दिँदै निर्माणाधिन परियोजनाहरुको काम समयमै सम्पन्न हुने बताएका छन् । ओलीले समयमै झोलुङ्गे पुल बन्ने र तुइन विस्तापित हुने सुनाए ।
भूकम्पपछिको पून निर्माणले गति लिन नसकेको स्वीकारे । भूकम्प पीडितका लागि सामूहिक आवासको योजना अघि बढाइने ओलीले सुनाए ।