आपतकोे बर्ष २०७२ लाई फर्केर हेर्दा
काठमाडौं,३० चैत ।
हरेक वर्षले केही नयाँ लिएर आउँछ र पुरानो छाडेर जान्छ । त्यसैगरी विक्रम संवत २०७२ सालले पनि धेरै चिज लिएर आएको थियो र तीनलाई विदा गर्र्दै अब केही अर्को नयाँलाई स्वागत गर्दै आफू विदा हुँदैछ । २०७२ साल नेपालको लागि दुखदायी र कालो वर्षको रुपमा रह्यो भन्दा अत्युक्ति नहोला ।
२०७२ सालको शुरुवातमै बैशाख १२ गते नेपालले विनासकारी ठूलो भुकम्प व्यहोर्नुप¥यो । गोरखाको बारपाक केन्द्र बनाएर आएको भुकम्प महाविनाशकारी सावित भयो । ७ दशमलव ९ रेक्टरस्केल मापन गरिएको करिब १ मिनेट लामो कम्पनका कारण ९ हजार भन्दा वढि नेपालीले ज्यान गुमाए भने हजारौं नेपाली घाइते र अपांग हुन पुगेका थिए भने २ हजार भन्दा वढि वेपत्ताको अवस्थामा छन् । भुकम्पका कारण ६ लाख भन्दा वढि नेपालीको घर पूर्ण रुपमा क्षती भई घरवारविहीन अवस्थामा पुग्न बाध्य भए भने गोरखा, काठमाडौं, ललितपुर , भक्तपुर ,दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, रसुवा लगायत १४ जिल्ला पूर्ण रुपमा प्रभावित हुँदा त्यसमा रहेका लाखौं घरहरु आंशीक रुपमा क्षतीग्रस्त भए । बैशाख १२ गते देखि लगातार आएको पराकम्पन र २९ गते दोलखाको सुनखानी केन्द्र भएर आएको ६ दशमलब ९ रेक्टर स्केलको भुकम्प बाट ७ खरब भन्दा वढिको आर्थिक क्षती हुन पुग्यो ।
बैशाख १२ गते मात्रै काठमाडौं उपत्यका लगायतका क्षेत्रहरुमा ५ रेक्टर स्केल भन्दा माथिको ९० भन्दा वढि पराकम्पन आएका थिए भने त्यसपछि लगातर त्यही स्केलका पराकम्पनहरु करिब १ महिनासम्म जारी भए । जनजिवन सामान्य बन्दै गएका बेला बैशाख २९ गते आएको दोलखा केन्द्र भएको दोश्रो ठूलो पराकम्पनले त्यस क्षेत्र र आसपासका जिल्लाहरुमा क्षती झन् थप्यो । २९ गतेको पराकम्पनबाट मात्रै त्यस क्षेत्रका ७९ जान नेपालीले ज्यान गुमाए ।
भुकम्पको त्रासदी र आतंकले राजधानी लगायतका मध्य नेपाल पुरै ३ महिना घर बाहिर र पालको वास बस्न बाध्य भयो । भुकम्पले नेपालका धेरै पर्यटकीय र धार्मिक सम्पदाहरु नष्ट भए । ऐतिहासिक धरहरा, बसन्तपुर हनुमानढोका दरबार लगायत त्यस क्षेत्रका करि ७० भन्दा वढि मठ मन्दीर र शालाहरु ध्वस्त भए । पुराना संरचनाहरु ध्वस्त भएपनि असन र इन्द्रचोक न्युरोड तथा पाटन क्षेत्रमा रहेका पुराना घरहरु भने भुकम्पले खासै क्षती पु¥याएन ।
भुकम्पमा भएको जनधनको क्षती र उद्धारको काममा भने नेपाली मात्रै होइन विश्वकै ध्यान नेपालमा केन्द्रीत भयो । नजीकका छिमेकी भारत र चीनका अलावा फ्रान्स, जर्मन, युरोपीयन युनियन, रुस , अमेरिका लगायत दर्जनौ देशहरुले पनि भुकम्पले थिलोथिलो भएको नेपालको साथ दिए । नेपालमा विपद् पर्दा विष्वले दिएको साथले पीडित नेपालीलाई केही हद सम्म मलमको काम पनि ग¥यो ।
साथसाथै भुकम्प पीडितलाई सहयोग गर्ने नाममा विभिन्न मुलुकहरुले नेपालको सार्वभौमसत्ताको खिल्ली पनि उडाए । भारतीय हेलिकोप्टर र अमेरिकी हेलिकोप्टलले देखाएका चर्तिकला त्यसलाई पुष्टि गर्ने आधार हुन् । भुकम्पमा पीीडतको उद्धारको क्रममा दोलखा र सिन्धुपाल्चोकको सिमानामा अमेरिकी सेनाको हलिकोप्टर दुर्घटनाग्रस्त भयो । जसमा चार जना नेपाली सहित ३ जना अमेरिकी सैनिक क्याप्टेनको मृत्यु भयो ।
भुकम्प पीडितलाई राहत वितरण गर्ने नाममा सरकारका अर्थमन्त्री रामसरण महतको समेत जस्तापाता तस्करीमा संलग्नता भनेर चर्चा भयो । पीडितहरुलाई राहत वितरण गर्ने क्रममा एनजीओ र आएनजीओकै कमीशन र भुँडी भर्ने खेलको प्रहशन भयो ।
भुकम्पपीडितको व्यवस्थापनको लागि भन्दै गठन गर्ने भनिएको पुनर्निर्माण प्राधिकरण भुकम्प गएको ७ महिनापछी बल्ल बन्न सक्यो भने प्राधिकरण निर्माणको विषय निक्कै लामो समय विवादको घेरामा समेत प¥यो । भुकम्प गएको १ वर्ष वित्न लाग्दा समेत पीडितहरुले राहत रकम र वसोवासको व्यवस्थाको अनुभुति गर्न पाएका छैनन् ।
२०७२ साल नेपालीहरुले कष्टसाध्य नियतीमा विताउनुपर्यो । भुकम्पले थिलोथिलो भएका नेपालीले छिमेकी भारतको अघोषित नाकाबन्दीको सामना गर्नुप¥यो । नेपालले आफ्नो इच्छा र चाहना एवं निर्देशन विपरित नयाँ संविधान जारी गरेको भन्दै असन्तुष्ट भारतले नेपालकै मधेशीलाई आवरण बनाएर करिब ५ महिना पुरै अघोषित नाकाबन्दी ग¥यो । संविधानमा उल्लेखित केही प्रसंगमा असहमति दर्शाउदै राजनैतिक संबैधानिक संवाद तथा सहमति समितिका सभापति एवं पूर्व प्रधानमन्त्री तथा एकिकृत नेकपा माओवादीका नेता डा. बाबुराम भटट्राईले असहमति मात्रै जनाएनन् लामो समय राजनीतिक जिवन विताएको पार्टी नै परित्याग गरेर नयाँ शक्ति घोषणा गरे । उनले पनि मधेशीहरुको आन्दोलनमा साथ दिए । नाकाबन्दीले जनजीवन तहसनहसमात्रै बनाएन कालाबजारी र तस्करी दुबो झैं मौलाए । नाकाबन्दीको मारमा परेका नेपालीमाथि कालाबजारी र तस्करीले थोपरेको यातना अमानविय र कठोर बन्न पुग्यो । दैनिक गुजारा गर्न समेत धौ धौ भयो । यातायात कलकारखाना, बजार र शिक्षणसंस्थाहरु न त बन्द न त चालुको अवस्थामा रहन बाध्य भए । जसको असर अद्यावधि कायम छ ।
नाकाबन्दीले नेपालको परनिर्भर अर्थतन्त्र र पराधिनताको उजागरमात्रै गरेन शासकहरुको अदुरदर्शीता र आत्मसमर्पणलाई पनि छ्यांगै पारिदियो । नाकाबन्दीले नेपालीमा राष्ट्रियताको भाव पैदा गराउन त सफल भयो तर नेपालीहरुमा विकल्पको खोजी गर्ने आँट अझै गराउन सकेन । भारतको एकतर्फी र स्वेच्छाचारी आर्थिक सम्वन्ध र पराधिन अर्थतन्त्रको विरुद्ध नेपालले अर्को देशसँग व्यापार पारवहनसम्वन्धी सन्धी गर्न र कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक अवस्थामा नेपाली नेता र सरकारलाई पु¥याइदियो । भुकम्प जस्तो प्राकृतिक विपद्ले आम नेपालीमा पैदा गरेको सहयोगि र राष्ट्रिय रुपमा पैदा गरेको एकताको भाबलाई नाकावन्दीले थप राष्ट्रिय एकता र ऐक्यवद्धता प्रर्दशन गर्न नेपालीहरुलाई सहजता प्रदान गर्यो । नेपालमा भारतले गरेको अघोषीत नाकाबन्दी अन्तराष्ट्रियकरण हुनपुग्यो जसमा संयुक्त राष्ट्र संघ र युरोपीयन युनियन पनि नेपालको पक्षमा बोल्न बाध्य भए ।
२०७२ साल नेपालको राजनीतिमा पनि नयाँ घटनाक्रमहरुसहित अगाडि वढ्यो । नेपाली कांग्रेसको नेतृत्व र एमालेको गठबन्धनमा बनेको सरकारले संविधान जारी गरेपछि नयाँ राजनीतिक समिकरण देखा पर्यो । नेपाली कांग्रेसका सभापति शुशील कोइरालाको नेतृत्वमा भएको सरकारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले विस्थापित गरे । संविधानसभाबाट नयाँ संविधान जारी भएलगत्तै राष्ट्रपति डा. रामबरणको स्थान एमाले नेतृ विद्या भण्डारीले लिन सफल भइन् । उनी गणतन्त्र नेपालको दोश्रो राष्ट्रपति मात्रै भइनन् नेपालको इतिहासमै पहिलो महिला राष्ट्रपति बन्न सफल भइन् । त्यसैगरी संविधान जारी गरेपछि संविधानसभा व्यवस्थापिका संसदमा रुपान्तरण भयो । र व्यवस्थापिका संसदमा भएको सभामुखको चुनावमा सर्वसम्मत रुपमा एमाओवादी नेतृ ओनसरी घर्ती निर्वाचीत भइन् । उनी पनि नेपालको इतिहासमा पहिलो महिला सभामुखको उपाधी लिन सफल भइन् ।
२०७२ साल नेपालमा उच्च तहमा महिलाहरुलाई पु¥याउन सफल भयो । नेपालको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतको प्रधानन्यायधिश पदमा पनि महिला नै पुग्ने निश्चितप्राय भएको छ । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतकी न्यायाधिश सुशिला कार्कीलाई प्रधानन्यायाधिशको रुपमा सिफारिस गरीसकेकोले उनी प्रधानन्यायाधिश बन्ने पक्का भएको हो ।
कुटनीतिको क्षेत्रमा पनि नेपालले २०७२ सालमा खासै सन्तोषजनक प्रगति गर्न सकेको देखिएन । भारतीय नाकावन्दी हल गर्ने कुरा मा होस वा चीनसँगको सहमति कार्यान्वयन गर्ने सन्दर्भमा नेपालको कुटनीतिज्ञहरु सफल हुन सकेनन् ।
यस वर्षको करिब अन्त्यतिर भुकम्पले क्षतीग्रस्त नेपाल भ्रमणमा बेलायति राजकुमार चाल्स ह¥यारी आएको विषय पनि निक्कै चर्चाको विषय बन्यो । बेलायत र नेपाल विचको औपचारिक सम्बन्ध विस्तार भएको २०० वर्ष पुगेको अबसरमा नेपाल आएका ह¥यारीले नेपालका विभिन्न पर्यटकिय स्थलको भ्रमण मात्रै गरेनन् उनले आलिशान होटलका सुविधालाई छोडेर जनताको झुपडिमा खाए अनि आफ्नो पाँचदिने भ्रमणलाई लम्ब्याएर भुकम्पबाट क्षति पुगेका जिल्लाहरुमा गएर आफै पूर्ननिर्माणमा समेत जुटे । बेलायति राजकुमारको शालिनता र उनले नेपालीको दुखमा देखाएको सहानुभुतिले आम नेपालीको मन जितेको थियो ।