आगामी १५ बर्षभित्र विश्वकप फुटबल जित्ने चीनको योजना

काठमाडौं,२९ चैत ।

china

बिगत बर्षदेखी अर्थतन्त्रमा विश्वको पहिलो नम्बरमा उक्लेको राष्ट्र चीनले आगामी १५ बर्षभित्र विश्वकप फुटबल जित्ने योजना तयार गरेको छ ।

चिनियाँ फुटबल संघले सार्वजनिक गरेको योजनामा आगामी ५ बर्षमा ५ करोड बालबालिका तथा युवालाई फुटबलमा आबद्ध गराईने छ । आगामी ४ वर्षमा २० हजार फुटबल प्रशिक्षण केन्द्र र ७० हजार मैदान तयार पारिने संघद्धारा सार्वजनीक गरिएको योजनामा उल्लेख छ ।
सन् २०३० सम्ममा उसले हरेक १० हजार ब्यक्तिका लागी १ मैदान पुग्ने गरि व्यवस्थापन गर्ने समेत जनाएको छ । ओलम्पिक र पाराओलम्पिकमा उत्कष्ट प्रदर्शन गरेपनि चीन अहिलेसम्म एक पटक मात्रै विश्वकप फुटबलमा छनौट भएको छ ।
उसले सन् २०५० सम्ममा विश्व फुटबलको महाशक्तिका रुपमा आफुलाई स्थापित गर्ने योजना सार्वजनिक गरेको हो । चीन अहिेले फिफा वरियतामा ८१ औँ स्थानमा रहेको छ ।