कांग्रेसमा गुटबन्दी चर्कीयो, पौडेलले गरे छुट्टै भेला

काठमाडौं, १५ चैत ।
ram deubaनेपाली कांग्रेसमा फेरी गुटबन्दीले चर्को रुप लिएको छ । सातौं महाधिवेशनबाट शेरबहादुर देउवा अत्याधिक मतले सभापतिमा निर्वाचीत भएपछाटि अन्तय हुने अनुमान गरिएको गुटबन्दी देउवाले सभापतिमा पराजित रामचन्दै पौडेललाई केन्द्रीय समितिमा मनोनित गरेपछि झिल्को झैं निस्कन थालेको थियो । संसदीय नेतामा पौडेलले दावी गरेपछि उक्त गुटबन्दी चरम रुपमा वढेको हो । देउवाले आफू सभापति भएको र पार्टीको संसदीय दलको पनि नेता आफुले नै लिन पाउनुपनेृ भारणा राखेका छन् भने रामचन्द्र पौडेलले पार्टीलार्य एकतावद्ध गर्न आफू संसदीय दलको नेता हुनुपर्ने दावी गरेका छन् । यसै सन्दर्भमा पौडेलले आफू पक्षधरनेता हरुको छुट्टै भेला अयोजना गरेका छन् ।

आसन्न संसदीय दलको निर्वाचनबारे छलफल गर्न भन्दै पौडेलले आफ्नै निवासमा सांसदहरुको भेला राखेका हुन् । भेलामा सहभागी एक केन्द्रीय सदस्य भने, “नयाँ संविधान अनुसार विधान संशोधन गरेर अघि बढ्नेबारे छलफल भयो ।” केन्द्रीय सदस्य रमेश रिजाल संयोजकत्वमा दलको निर्वाचन गराउन बनेको समितिमा विवाद उत्पन्न भएपछि पौडेलले छुट्टै भेला राखेका हुन् ।

उक्त समितिका सदस्य रहेका पौडेल निकट नेता गुरुराज घिमिरेले १४ चैतमा ‘नोट अफ डिसेन्ट’ लेख्दै असहमति जनाएका थिए । तर, सभापति शेरबहादुर देउवा निकटका नेता रिजालले २४ चैतमा निर्वाचन गराउने तयारी थालेका छन् ।

पौडेलले सैद्धान्तिक विषय उठाएर गुटबन्दी गर्न खोजेको सभापति देउवा निकटका नेताहरु बताउँछन् । नयाँ संविधानअनुसार पाँच विकास क्षेत्रको ठाउँमा सात प्रदेश बनाउने ठूलो विषय नभएपनि यसैलाई लिएर निर्वाचन प्रभावित बनाउन पौडेल लागेको देउवा निकटका एक नेताले बताए ।

१३औं महाधिवेशनबाट देउवा सभापति निर्वाचित भएपछि ३ चैतमा बसेको पहिलो केन्द्रीय कार्य समितिको बैठकले दलको नेता चुन्न रिजालको संयोजकत्वमा समिति बनाएको थियो । कांग्रेसको महाधिवेशनपछाडि सुस्ताएको विवाद संसदीय दलको नेताको चयनमा जाँदा झन वढ्ने देखिन्छ । जसको असर पार्टी फुटसम्म पनि जानसक्ने विश्लेषकहरुले बताएका छन् ।  ।