दक्षिण अफ्रिकाले दियो ,अफगानिस्तानलाई २ सय १० रनको चुनौती

काठमाडौं ,७ चैत ।

timthumb.php

दक्षिण अफ्रिकाले अफगानिस्तानलाई २ सय १० रनको चुनौती पेश गरेको छ ।
दक्षिण अफ्रिकी ब्याट्सम्यान एभि डि बिलीयर्सले बिष्फोटक ब्याटिङ गर्दै २९ बलमा ६४ रन बनाएपछि अफ्रिकाले अफगानिस्तान सामु ठुलो योगफलको चुनौती पेश गरेको हो ।

टी-२० क्रिकेट विश्वकप अन्तरर्गत भारतको मुम्बईस्थित वांखडे रंगशालामा भइरहेको खेलमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०९ रन बनायो।

६४ रन बनाउने क्रममा भिलियर्सले  पाँच छक्का र चार चौका प्रहार गरे।

दक्षिण अफ्रिकाका लागि क्वीन्टन डी ककको ४५ र फाप डु प्लेसिसको ४१ रन पनि महत्वपूर्ण रहयो।

हसिम अम्ला भने ५ रनमा पवेलियन फर्किए।

डेविट मिल्लर १९ रनमा आउट भए, जेपी डुमिनीले अविजित  २९ रन बनाए।

अफगानिस्तानका मोहम्मद नाबी, सपुर जर्दान, दवलात जर्दान र अमिर हम्जाले १-१ विकेट लिए ।