यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
भूकम्पले क्षति पुर्याएका खेलक्षेत्रको भौतिक संरचना पुनःनिर्माणका लागि करिव १ अर्व खर्च लाग्ने. काठमाडौं, ३ चैत ।. गत बैशाख १२ को महाविनाशकारी भूकम्पले क्षति पुर्याएका खेलक्षेत्रको भौतिक संरचना पुनःनिर्माणका लागि करिव १ अर्व खर्च लाग्ने भएको छ ।. भूकम्पले क्षति पुर्याएका संरचनाको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार पुनःनिर्माणका लागि करिव १ अर्व लाग्ने अनुमान गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार बिष्टले बताए ।. सदस्यसचिव विष्टले भने-‘क्षतिग्रस्त संरचनाको डिपिआरबाट केन्द्रकासाथै मध्य नेपालका १४ जिल्लाका संरचना पुनःनिर्माणका लागि १ अर्व खर्च लाग्ने देखिएको छ । मन्त्रालयबाट १२ करोडमात्र निकासा भएको छ ।’ यो बर्ष डिपिआर तयार गर्नमात्र समय खर्चिएको परिषदले अर्कोबर्षको सुरुदेखिनै केन्द्रबाट पुनःनिर्माण सुरु गर्ने योजना बनाएको सदस्यसचिव विष्टले बताए ।. पूर्वनिर्धारित तालिका परिवर्तन नभएमा नेपालले दुई बर्षपछि १३औं दक्षिण एशियाली खेलकुदको आयोजना गर्नेछ । त्यसका लागि पनि पुनःनिर्माण र नवनिर्माणमा परिषदले चुस्तता देखाउनुपर्नेछ । सदस्यसचिवले भने-‘दृढ इच्छाशक्ति लिएर अघि बढ्ने हो भने हामी दुई बर्षभित्र सागका लागि पूर्वाधार तयार गर्न सक्छौं । त्यसका लागि बजेट महत्वपूर्ण हुन्छ ।’. गत बैशाखको भूकम्पले नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशालाका साथै सुविधासम्पन्न कवर्डहलमा क्षति पुगेको छ । राष्ट्रिय खेलकुद परिषदको मूख्य भवन नै भूकम्पले जर्जर बनेको छ । त्यस्तै भूकम्प्रभावित जिल्लाका खेलकुद संरचनाहरुपनि प्रयोग गर्न नमिल्ले बनेका छन् ।-. अनलाइनखवरबाट.
भूकम्पले क्षति पुर्याएका खेलक्षेत्रको भौतिक संरचना पुनःनिर्माणका लागि करिव १ अर्व खर्च लाग्ने
काठमाडौं , ३ चैत ।

गत बैशाख १२ को महाविनाशकारी भूकम्पले क्षति पुर्याएका खेलक्षेत्रको भौतिक संरचना पुनःनिर्माणका लागि करिव १ अर्व खर्च लाग्ने भएको छ ।
भूकम्पले क्षति पुर्याएका संरचनाको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार पुनःनिर्माणका लागि करिव १ अर्व लाग्ने अनुमान गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार बिष्टले बताए ।
सदस्यसचिव विष्टले भने-‘क्षतिग्रस्त संरचनाको डिपिआरबाट केन्द्रकासाथै मध्य नेपालका १४ जिल्लाका संरचना पुनःनिर्माणका लागि १ अर्व खर्च लाग्ने देखिएको छ । मन्त्रालयबाट १२ करोडमात्र निकासा भएको छ ।’ यो बर्ष डिपिआर तयार गर्नमात्र समय खर्चिएको परिषदले अर्कोबर्षको सुरुदेखिनै केन्द्रबाट पुनःनिर्माण सुरु गर्ने योजना बनाएको सदस्यसचिव विष्टले बताए ।
पूर्वनिर्धारित तालिका परिवर्तन नभएमा नेपालले दुई बर्षपछि १३औं दक्षिण एशियाली खेलकुदको आयोजना गर्नेछ । त्यसका लागि पनि पुनःनिर्माण र नवनिर्माणमा परिषदले चुस्तता देखाउनुपर्नेछ । सदस्यसचिवले भने-‘दृढ इच्छाशक्ति लिएर अघि बढ्ने हो भने हामी दुई बर्षभित्र सागका लागि पूर्वाधार तयार गर्न सक्छौं । त्यसका लागि बजेट महत्वपूर्ण हुन्छ ।’
गत बैशाखको भूकम्पले नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशालाका साथै सुविधासम्पन्न कवर्डहलमा क्षति पुगेको छ । राष्ट्रिय खेलकुद परिषदको मूख्य भवन नै भूकम्पले जर्जर बनेको छ । त्यस्तै भूकम्प्रभावित जिल्लाका खेलकुद संरचनाहरुपनि प्रयोग गर्न नमिल्ले बनेका छन् ।-
अनलाइनखवरबाट