सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा दरखास्त आह्वान

मूलखबर संवाददाता
काठमाडौं, ८ मंसिर

सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सरकारले दरखास्त आह्वान गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले प्रतिस्पर्धात्मक प्रणालीमार्फत योग्य उम्मेदवार छनोट गरी नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले दरखास्त आह्वान गरेको हो ।

समितिले सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य व्यक्तिलाई आगामी मंसिर २२ गते मंगलबार कार्यालय समयभित्र दरखास्त पेस गर्न आग्रह गरेको छ ।

दरखास्त फाराम, उम्मेदवारको योग्यता, दरखास्तसाथ पेस गर्नुपर्ने आवश्यक कागजात तथा अन्य वस्तिृत विवरण सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइट www.moic.gov.np र सार्वजनिक सेवा प्रसारण संस्थाको वेबसाइट www.pdbnepal.gov.np मा उपलब्ध गराइएको छ ।