ओखलढुंगामा नेकपाकाे जागरण अभियान उद्घाटन

मूलखबर संवाददाता
ओखलढुंगा, ७ मंसिर

नेपाली कम्युनिस्ट पार्टी ओखलढुंगाले कार्यलयको विस्तारित बैठक साथै राष्ट्रिय जागरण अभियान उद्घाटन सम्पन्न गरेको छ।

साेमबार सम्पन्न विस्तारित बैठकले राष्ट्रिय जागरण अभियान सम्पन्न गर्न बिबिध निर्णयहरु गरेको जिल्ला संयाेजक रामकुमार कार्कीले बताए ।

बैठकले राष्ट्रिय जागरण अभियान अन्तरगत पार्टी सदस्यता नविकरण, सहिद वेपत्ता परिवार भेटघाट, सम्मानसहित विभिन्न कार्यक्रमहरू गरिने उनले बताए ।