प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा, राज्यमन्त्रीले गरे स्वागत

मूलखबर संवाददाता
काठमाडौं, ६ मंसिर

नेपालका प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेका छन्।

प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल सवार नेपाल एयरलाइन्सको विमान केहीबेरअघि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

प्रधानमन्त्री बालेनलाई विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्।