प्रधानमन्त्री शाह नयाँदिल्ली प्रस्थान, ३४ सदस्यीय सरकारी टोलीमा को-को छन् ?

मूलखबर संवाददाता
काठमाडौं, ६ मंसिर

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने औपचारिक राजकीय भ्रमणका लागि आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिउँसो अपरान्ह नयाँदिल्ली प्रस्थान गरेका हुन्।

गत चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हो। भ्रमणले नेपाल–भारत सम्बन्धको समीक्षा गर्दै आपसी सहयोगका नयाँ क्षेत्र पहिचान गर्ने अपेक्षा गरिएको छ।

३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलमा को–को छन् ?

प्रधानमन्त्री शाहको नेतृत्वमा रहेको ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलमा सरकारका महत्त्वपूर्ण मन्त्री तथा उच्चपदस्थ अधिकारीहरू सहभागी छन्।

 

सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाह

माननीय डा. श्री स्वर्णिम वाग्ले, अर्थमन्त्री

माननीय श्री शिशिर खनाल, परराष्ट्रमन्त्री

श्री कुमार व्यञ्जनकार, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार

श्री असिम शाह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार

श्री विवेक मिश्र, प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार

श्री गोविन्दबहादुर कार्की, मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

श्री अमृतबहादुर राय, सचिव, परराष्ट्र मन्त्रालय

श्री रुद्रसिंह तामाङ, सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

श्री सुभाष शर्मा, प्रधानमन्त्रीका प्रमुख निजी सचिव

सुश्री याङ्की उक्याब, प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्डको कार्यालय, नेपाल

श्री जगदीश्वर पाण्डे, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार

श्री प्रदीप परियार, प्रधानमन्त्रीका निजी सचिव

श्री गहेन्द्रराज भण्डारी, सहसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

श्री कुमारराज खरेल, शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय

श्री लोकबहादुर पौडेल क्षेत्री, सहसचिव तथा प्रवक्ता, परराष्ट्र मन्त्रालय

श्री अमृत लम्साल, सहसचिव, अर्थ मन्त्रालय

श्री सुभाष ढकाल, सहसचिव, सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

श्री सुनील पौडेल, सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

सुश्री दीपा दाहाल, प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक

सुश्री ललिता सिलवाल, उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

श्री विजय राज तण्डुकार, उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

श्री लोचन पौडेल, परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव

श्री दीपकराज निरौला, शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय

श्री मनोज गैरे, शाखा अधिकृत, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

लेफ्टिनेन्ट कर्णेल बलमुकुन्द बिष्ट, प्रधानमन्त्रीका प्रमुख सहयोगी सैनिक अधिकृत (एडीसी)

मेजर सुशील बानियाँ, प्रधानमन्त्रीका सुरक्षा अधिकृत

प्रहरी नायब उपरीक्षक दीपेश बस्याल, प्रधानमन्त्रीका सुरक्षा अधिकृत

श्री विनय शाक्य, प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)

सुश्री तारा हमाल ढुंगाना, संवाददाता, गोरखापत्र

श्री कमल कुमार बस्नेत, संवाददाता, राष्ट्रिय समाचार समिति (रासस)

श्री अशोक कुमार बस्नेत, भिडियोग्राफर, नेपाल टेलिभिजन

श्री प्रेमराज गौतम, उपशिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय

मेजर रोशन के.सी., प्रधानमन्त्रीका सहयोगी सैनिक अधिकृत (एडीसी)

मुकेश डंगोल, क्यानका महानिर्देशक

सरकारी प्रतिनिधिमण्डलका अतिरिक्त निजी क्षेत्रबाट ५२ जना उद्योगी तथा व्यवसायी पनि आफ्नै खर्चमा भारत भ्रमणमा सहभागी हुँदैछन्। विभिन्न सञ्चारमाध्यमका पत्रकारसमेत भ्रमणमा सहभागी हुनेछन्।

दिल्लीमा उच्चस्तरीय भेटवार्ता

नयाँदिल्ली पुगेपछि प्रधानमन्त्री शाहले आजै साँझ भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

भ्रमणको दोस्रो दिन सोमबार भारतीय राष्ट्रपति भवनमा औपचारिक स्वागतपछि प्रधानमन्त्री शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।

त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा एकल तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। वार्तापछि दुई देशबीच विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान तथा संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्नेछन्।

के छन् भ्रमणका मुख्य एजेन्डा ?

भ्रमणका क्रममा दुई देशबीच व्यापार, पारवहन, लगानी, ऊर्जा सहकार्य, हवाई सम्पर्क, पूर्वाधार विकास, सूचना प्रविधि तथा बन्दरगाह सहयोगका विषयमा छलफल हुने बताइएको छ।

विशेषगरी भैरहवा, जनकपुर र महेन्द्रनगरका लागि थप हवाई प्रवेश मार्ग, अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन परियोजना तथा ऊर्जा व्यापारका विषय प्राथमिकतामा रहने अपेक्षा गरिएको छ।

यद्यपि हालसम्म पनि सरकारी तवरबाट भ्रमणका एजेन्डा आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री शाहले दुईदिने भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम छ।