रसुवा बाढी : पुननिर्माणकाे लागि ५ अर्ब डलर जुटाउने सरकारी तयारी
सरकारले भोटेकोशी–त्रिशूली विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आवश्यक ४ देखि ५ अर्ब अमेरिकी डलर जुटाउने फ्रक्रिया अघि बढाएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै डा. वाग्लेले आगामी तीनदेखि पाँच वर्षभित्र पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउने गरी भारत, चीन, विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) सँग संवाद भइरहेको जानकारी दिए ।





