यस्ता छन् कर्णाली मन्त्रिपरिषद् बैठकका निर्णय
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । आजको बैठकले कर्णाली प्रदेश लोककल्याणकारी विज्ञापन वितरणसम्बन्धी कार्यविधि, २०८३, कर्णाली प्रदेश घर बीमासम्बन्धी कार्यविधि, २०८३’ लाई स्वीकृति प्रदान गरेको हो ।
सरकारका प्रवक्ता एवम् उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काका अनुसार मन्त्रिपरिषद्ले ‘कर्णाली प्रदेश स्याउ विकास बोर्ड स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभा समक्ष पेश गर्न स्वीकृति प्रदान गरिएको छ ।
त्यसैगरी, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तरगतका विभिन्न आयोजनाको अस्थायी संगठन संरचना, दरबन्दी तेरिज स्वीकृति प्रदान गर्ने र मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम सञ्चालन (पहिलो संशोधन) नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता खड्काले बताउनुभयो ।





