रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
विश्व चर्चित पोर्चुगाली फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । ४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २३४ खेल खेलेका छन् भने र १४६ गोल गरेका छन् ।
गत महिना राष्ट्रिय प्रशिक्षक जर्ज जेसससँग मतभेद भएपछि उनी टोलीको शिविरबाट तत्काल बाहिरिएका थिए । जेससले राेनाल्डाेलाइ नेसन्स लिगको एक खेलमा खेलाउन अस्वीकार गरेपछि सम्बन्ध चिसिएको थियो ।
“पोर्चुगाली जनतालाई, हाम्रो राष्ट्रिय टोलीको नम्बर सातको जर्सी फिर्ता गर्ने दिन आएको छ,” रोनाल्डोले आफ्नो इन्स्टाग्राम अकाउन्टमा राखेको भिडियो सन्देशमा भनेका छन् ।
“मैले कहिल्यै यो मेरो मात्र हो भन्ने महसुस गरिनँ तर २३ वर्षसम्म यसलाई डोराउने, रक्षा गर्ने र विश्वभरका स्टेडियमहरूमा लिएर जाने विशेषाधिकार र जिम्मेवारी मैले पाएँ,” उनले बताएका छन् ।





