भारतिय विदेश सचिव मिश्रीले भेटे प्रधानमन्त्री बालेन
नेपालकाे ओैपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीवार बिहान प्रधानमन्त्री बालेन शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री शाहकाे भारत भ्रमणकाे लागि वातावरण निर्माण जटिल भएकाे खबर आइरहेका बेला मिश्रीकाे भ्रमणले वातावरण बनाउने बताइएको छ ।
तस्बिर : फाइल फाेटाे





