न्याय खाेज्दै सर्वोच्च पुगे कार्की, पाउलान् त न्याय ?
सरकारले नेपाल प्रहरीको महानिरीक्षकबाट दानबहादुर कार्की न्यायकाे लागि सर्वोच्च अदालत पुगेका छन् । सरकारले हठात् निर्णय गरि महानिरिक्षकबाट हटाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरिएका कार्की सर्वोच्च अदालत पुगेका हुन् ।
बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय विरुद्ध कार्की रिट लिएर सर्वोच्च पुगेका हुन् ।
कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरले आईजीपी नियुक्तिविरुद्ध रिट पुगेको बताए । मन्त्रिपरिषद्को निर्णय अनुसार डा मनोज केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । उनको रिट दर्ता प्रक्रियामा रहेको छ ।
यसअघिका नजिरमा अच्युत कृष्ण खरेलले सर्वाेच्चबाट पसनर्बहाली भएका थिए ।





