सरकारद्वारा प्रहरी प्रमुख कार्की बर्खास्त, मनाेज केसी बने आईजिपि

मूलखबर संवाददाता
काठमाडौं, १८ कात्तिक

सरकारले नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई बर्खास्त गरेकाे छ । उनकाे स्थानमा एआईजी मनाेज केसीलाई नियुक्त गरेको छ ।

आज बसेकाे मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेको प्रवक्ता सस्मिा पाेखरेलले बताए ।

प्रधानमन्त्रीकि प्रेस सल्लाहकार दिपा दाहखलले कार्कीलाई  प्रधानमन्त्रीकाे विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाउने निर्णय गरेको जानकारी दिएकी छिन् ।

उनलेे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको बताइन्।

साथै, बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज कुमार केसीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको पनि उनलेे लेखेकी छिन् ।