मलेसिया राेजगारी ठप्प : दुबै देशकाे आधिकारिक सुचना छैन
मलेसिया रोजगारी पूर्ण रूपमा बन्द भएको खबर बाहिरिएका बेला दुबै देशकाे आधिकारिक निकायबाट कुनै सुचना भने आएका छैनन् । नेपाली अदक्ष श्रमिकका लागि प्रमुख गन्तव्य मुलुक मानिँदै आएको मलेसियाको रोजगारी बन्द भएको भन्दै सामाजिक सञ्जालमा विभिन्न दाबी गरिएका छन्।
तर, यसको आधिकारिक पुष्टि न त नेपाल सरकारले गरेको छ, न त मलेसिया सरकारले नै कुनै सूचना जारी गरेको छ। आधिकारिक रूपमा मलेसिया रोजगारी सधैंका लागि बन्द भएको अवस्था होइन। भिसा लागिसकेका कामदारहरू दैनिक रूपमा मलेसिया उडिरहेकै छन्।
मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा सूचीकृत नेपालका ३६ स्वास्थ्य परीक्षण संस्थाले रिपोर्ट जारी गरेपछि मात्र मलेसियाको भिसा प्रक्रिया अघि बढ्छ। एफडब्लूसीएमएसले नेपालबाट कामदार लैजान तोकेका २५ वटा म्यानपावरमार्फत नै बायोमेडिकल प्रक्रिया अगाडि बढाउनुपर्ने देखिन्छ। मलेसियाले गत असोज १५ देखि नयाँ श्रमिकको बायोमेडिकल बन्द गरेको छ, जसका कारण नयाँ भिसा जारी हुन सकेको छैन।





