आज सुनकाे मूल्य बढ्याे, चाँदीको घट्याे
आज नेपाली बजारमा बुधबार सुनको मूल्य बढेकाे छ । सुनकाे उकालो बढिरहँदा चाँदीकाे मूल्य भने घटेको छ। सुनको मूल्य ६०० ले बढ्दा र चाँदीको मूल्य २० रुपैयाँले घटेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ६०० रुपैयाँले बढेर प्रतितोला सुन २ लाख ७५ हजार ६०० रुपैयाँमा कायम भएको छ। मंगलबार एक तोला सुनको मूल्य २ लाख ७५ हजार पुगेको थियो।
यस्तै महासंघका अनुसार प्रतितोला चाँदीको भाउ ३ हजार ६५५ पुगेको छ। मंगलबार सोही परिमाणको चाँदीको मूल्य ३ हजार ६७५ कायम थियो।





