आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा हल्का वर्षा
आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य स्थानमा भने मौसम सामान्यतया सफा हुने महाशाखाको पूर्वानुमान छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । अहिले बिहानपख तराई भूभाग, उपत्यका तथा खोँचहरुमा हुस्सु वा कुहिरो लागेको छ । यो हुस्सु–कुहिरो केहीबेरमै हट्दै जानेछ ।
महाशाखाले देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहने र बिहान तराई, उपत्यका तथा खोँचमा लागेको हुस्सु वा कुहिरो केहीबेरमै हट्ने पूर्वानुमान गरेको छ ।
मौसमविद्हरूले आगामी बुधबार वा बिहीबारदेखि देशभर वर्षाको सम्भावना रहेको जनाएका छन् ।





