आगामी कात्तिक ११ बाट माैसम सक्रिय, १५ गतेसम्म वर्षा हुनसक्ने
नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक ११ गते (बुधबार) बाट मौसम प्रणाली सक्रिय हुने भन्दै सतर्क रहन आग्रह गरेको छ ।
आज बिहानबाट पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्रमा विकसित भएको र उक्त न्यून चापीय क्षेत्र क्रमश: बलियो हुँदै जाने जानकारी गराएको हो ।
उक्त मौसम प्रणालीका कारण आगामी कात्तिक ११ देखि १५ सम्म नेपालको मौसममा प्रभाव विभागले जनाएको छ ।
बंगालको खाडीमा न्यून चापीय क्षेत्र विकसित भएको छ। यसका कारण फेरि आगामी कात्तिक २२ गतेदेखि २५ गतेसम्म नेपालका विभिन्न स्थानको मौसम प्रभावित हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पोस्ट(मनसुन विशेष मौसम बुलेटिनअनुसार बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र क्रमशः उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तटबाट जमिनको भागमा प्रवेश गर्ने सम्भावना रहेको छ।
उक्त मौसमी प्रणालीको प्रभावले कात्तिक २२ गते बुधबारदेखि कात्तिक २५ गते शनिबारसम्म नेपालमा मौसम प्रभावित हुन सक्ने विभागको आकलन छ। यद्यपि, यस प्रणालीका कारण नेपालमा हुने वर्षाको मात्रा, जोखिमको स्तर तथा सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको बुलेटिनमा उल्लेख छ। मौसम प्रणालीको प्रभावका कारण कृषिजन्य कार्य तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन अनुरोध गरिएको छ।
नेपाल मौसम विज्ञान विभागले उक्त मौसमी प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। आवश्यकताअनुसार थप सूचना अद्यावधिक गरिने भन्दै विभागले मौसमसम्बन्धी आधिकारिक जानकारीका लागि नियमित रूपमा सूचनाहरू हेर्न आग्रह गरेको छ।





