बुढीगण्डकी बाढी प्रभावितकाे उद्वार र राहतमा जुट्न प्रचण्डको आग्रह

मूलखबर संवाददाता
काठमाडौं, २५ असाेज

नेकपाका संयोजक एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाको बूढीगण्डकी नदीमा अकस्मात् आएको भीषण बाढी प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैलाई आग्रह गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत संयोजक दाहालले सो आग्रह गरेका हुन् ।

बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट लगायतका क्षेत्रमा पुर्‍याएको क्षति तथा पुल र घरहरू बगाएको खबरले आफूलाई मर्माहत बनाएको समेत उनले बताएका छन् ।

प्रचण्डले भनेका छन्-

गोरखाको बूढीगण्डकी नदीमा अकस्मात् आएको भीषण बाढीले चुमनुब्री, धार्चे र आरुघाट लगायतका क्षेत्रमा पुर्‍याएको क्षति तथा पुल र घरहरू बगाएको खबरले मर्माहत बनाएको छ।

प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैमा हार्दिक आग्रह गर्दछु। साथै, बूढी गण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गर्दछु।

यस विपद्को घडीमा प्रभावित नागरिकको सहयोगमा एकजुट बनौँ।