बुढीगण्डकी नदीमा आकस्मिक बाढी, तल्लाे तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
गाेरखाकाे बुढीगण्डकी नदीमा आइतबार बिहानै आकस्मिक बाढी आएकाे छ । नदीको बहाव अत्यधिक बढेको छ । गोरखाको चुमनुब्री गाउँपालिका–६ मा उग्युलुङ खोला थुनिएर अचानक बाढी आएपछि बुढीगण्डकी नदीको बहाव बढेको बताइएकाे छ ।
आइतबार बिहान करिब ४ बजेदेखि उग्युलुङ र स्यार खोलामा ठूलो आवाज सुनिएपछि स्थानीय बासिन्दा र पर्यटक सुरक्षित स्थानतर्फ भागेका छन् ।
बाढीले क्षाती पुर्याउन सक्ने भन्दै तल्लाे तटीय क्षाेत्रमा सावधानीकाे सुचना गरिएकाे छ ।





