बुढीगण्डकी बाढीबाट गोरखाका चार जलविद्युत् आयोजनामा क्षति
बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले गोरखाका चार जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ ।
बाढीले आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, पहुँच सडक तथा पुलमा क्षति गरेको प्रारम्भिक विवरण छ ।
प्रारम्भिक विवरणअनुसार ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ ।
टाइम्स इनर्जी प्रालिले प्रवर्धन गरिरहेको उक्त आयोजनाका केही निर्माण उपकरणसमेत बगाएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जनाएको छ ।
त्यस्तै, २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ भने आयोजनाको बेलीब्रिज बगाएको छ ।





