धादिङको गलौंदीमा सडक भासियो, मुग्लिन–काठमाडौं सडक पूर्ण रूपमा बन्द

मूलखबर संवाददाता
काठमाडौं, २४ असाेज

धादिङको गलौंदीमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडक पूर्ण रूपमा बन्द भएको  छ ।

धादिङको गलौंदी क्षेत्रमा सडक हिजाे शुक्रबार दिउँसो  भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हाे । सडक बन्द हुँदा यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।

यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्र निस्कन सडक विभाग र ट्राफिक कार्यलयले अनुराेध गरेको छ ।