अन्तर्राष्ट्रिय खेलकाे अन्तिम खेलमा पनि मेसिले गरे गाेल, जिताए अर्जेन्टिनालाई
अन्तर्राष्ट्रिय फुटबलबाट लियोनल मेसीले विदाई लिने निश्चित भएको छ । विदाईकाे अवसरमा खेलिएकाे खेलमा मेसीले गाेल गरि अर्जेन्टिनालाई जित दिलाएका छन् ।
बिदाइ खेलमा अर्जेन्टिनाले बुधबार बेनिनलाई मैत्रीपूर्ण खेलमा ३–० ले पराजित गरेको छ । पूरा खेलअवधिभर मेसी छाएका थिए र यसक्रममा उनले एक गोल गर्दै अर्को दुईमा सहयोगी भूमिका पनि निभाए ।
ब्युनर्स आयर्समा भएको खेलमा मेसीले पेनाल्टीबाट ७१ औं मिनेटमा तेस्रो गोल गरेका हुन् । अर्जेन्टिनाका लागि यो उनको १ सय २६ औं गोल रह्यो ।
त्यस अगाडि उनकै कर्नरमा निकोलस ओटमेन्डीले ४८ औं मिनेटमा गोलको खाता खोले । त्यसपछि मेसीकै पासमा निको पाजले ६१ औं मिनेटमा दोस्रो गोल गरे । तस्बिर : एजेन्सि





