भिआइपि सवारी प्राेटाेकल ताेड्दै सामान्य सवारीमा अमेरिका उँडे प्रधानमन्त्री बालेन

मूलखबर संवाददाता
काठमाडौं, ६ असाेज

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन् ।

उनी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज साँझ कतार एयरवेजको विमानमार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

प्रधानमन्त्री शाहलाई कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गर्नेछ न् ।

प्रधानमन्त्री शाहले विगतकाे जस्तो विमानस्थलमा भिआईपी सवारी प्राेटाेकल, तामझाम र पत्रकार सम्मेलन सबैलाई ताेडेर सामान्य नागरिक सरह विमानस्थलबाट अमेरिका प्रस्थान गरेका हुन् ।

उनलाई गृहमन्त्री सुदन गुरूङ र पर्यटन मन्त्री गनेस पाैडेलले विमानस्थलमा विदाई गरेका थिए ।