काठमाडाैंमा तीन दिनमा ल्याइयाे ८७ हजारभन्दा बढी सिलिन्डर ग्यास, तर अभाव कायमै
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट ८७ हजारभन्दा बढी सिलिन्डर ग्यास काठमाडौँ भित्र्याइएको छ ।
नेपाल आयल निगमका अनुसार विभिन्न १८ वटा कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट ‘रिफिलिङ’ (पुनः भर्ने) गरेर ८७ हजार ८७७ वटा सिलिन्डर काठमाडौँ ल्याइएको हो ।
भदौ १८ गते २४ हजार ४९४, १९ गते ३४ हजार १३४ र २० गते २९ हजार २४९ वटा सिलिन्डर उपत्यका भित्रिएका निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्गमार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ ।
भदौ १४ गते त्रिशूलीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा इन्धन बोकेका ट्यांकर तथा ग्यास बुलेट बाटैमा रोकिएका थिए । त्यसलगत्तै निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिन्डर काठमाडौँ भित्र्याउने व्यवस्था गरेको हो ।
निगमले ग्यास आपूर्तिलाई सहज बनाउन सार्वजनिक बिदाका दिनमा पनि ‘रिफिलिङ’ र ढुवानी नियमित गर्न ग्यास उद्योगलाई निर्देशन दिइएको छ ।
काठमाडाैंमा ग्याँस अभाव ितब् देिखएकाे छ । ग्याँसका डिपाेहरूमा दिनदिनै रित्ता सिलिण्डरका लाइन थपिइरहेका छन् । सर्वसाधारण उपभाेक्ताहरू ग्याँस नपाएर छटपटटाइरहेका छन् । सरकारी निकायले भने ग्याँस सहज रूपले उपलव्ध गराएकाे दावी गरिररहेकाे छ ।



