रसुवा बाढीकाे १० दिनपछि त्रिशूली ३ए सुरूङबाट २ जनाकाे जिवितै उद्वार

मूलखबर संवाददाता
काठमाडौं, १९ भदौ

रसुवाकाे भाेटेकाेशीमा बाढी आएर पुरेकाे १० दिनपछि त्रिशूली ३ ए आयाेजनाकाे सुरूङबाट २ जनाकाे जिवितै उद्वार भएको  छ ।

उनीहरूलाई आज  भदौ १९ गते विहान १० बजे अगावै नेपाली सेनाकाे उद्वार टाेलीले बाहिर निकाल्न सफल भएको  हाे ।  रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार भएको हो। कविर महर्जन त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर भएको आयोजना प्रमुख आवास ओझाले जानकारी दिए । शुक्रबार बिहान उद्धार भएका सञ्जय साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारीमा हुन् ।