रसुवामा भयंकर बाढी, अकल्पनीय क्षति

मूलखबर संवाददाता
काठमाडौं, १० भदौ

रसुवाकाे भाेटेकाेशीमा अचानक आएको बाढीबाट तटीय क्षेत्रमा धेरै ठूलो क्षति पुगेकाे छ ।

बुधबार बिहान भोटेकोशी नदीमा अचानक बाढी आएको थियो। माथिल्लो क्षेत्रमा हावाहुरीसहित ठूलो पानी परेको र त्यसलगत्तै ठूलो बाढी आएको बताइएको छ। बाढीले रसुवाको उत्तरगया गाउँपालिकामा ठूलो जनधनको क्षति भएको खबर आएको छ। उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङका अनुसार भोटेकोशी नदीको तटीय क्षेत्रका करिब दर्जन बस्तीमा क्षति पुगेको छ। उनका अनुसार स्याप्रुबेसी, बेत्रावती, मैलुङ, सल्लेटार, शान्तिबजार, पैरेबेसी, खाल्तीबस्ती, सोले, त्रिशूली, बट्टारलगायतका बस्ती क्षेत्रमा ठूलो क्षति पुगेको छ।