प्रधानमन्त्री शाह मुस्ताङ पुगे, गरे मुक्तिनाथ दर्शन, भ्रमणका एजेण्डा अझै गाेप्य

मूलखबर संवाददाता
काठमाडौं, ६ भदाै

गाडि चलाएर काठमाडाैंबाट स्थल मार्गमार्फत  पाेखरा हुँदै प्रधानमन्त्री बालेन शाह अाज मुस्ताङ पुगेका छन् । बाटाेमा कुनै पनि मानिसहरू र शुभेच्छुकहरूसँग नभेटेका उनले  मुस्ताङ पुगेर आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रधानमन्त्री शाहले आज साँझ मुक्तिनाथको दर्शन गरेका हुन् ।

काठमाडौंबाट स्थलमार्ग हुँदै माछापुच्छ्रे–६ अस्ताममा बास बसेर शनिबार जोमसोम पुग्नुभएको छ ।
चीनसँगको सीमावर्ती मुस्ताङमा उच्च पदस्थ व्यक्तिको भ्रमणलाई विभिन्न कोणबाट अर्थपूर्ण रूपमा हेरिएको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको दयनीय अवस्थाबारे स्थानीयले आफ्ना कुरा राख्ने अपेक्षा गरेका थिए । तर, भेटघाटको अवसर नपाएपछि स्थानीयमा गुनासो देखिएको छ ।

शुक्रबार काठमाडौँबाट निजी भ्रमणमा निस्केका प्रधानमन्त्री शाह दिउँसो ३ बजे बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम पुगेका थिए । मुस्ताङ आएका उनी परिवारसहित घरपझोङ–३ स्थित पुथाङ एयरपोर्टको होटल ओम्स होममा बसेका छन् ।

प्रधानमन्त्री शाह होटल ओम्स होममा केही समय आराम गरी मुक्तिनाथ दर्शनका लागि गएका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाहले शनिबार साँझ मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किएका हुन् ।

प्रधानमन्त्री शाहकाे भ्रमणबारे सरकारी निकायले गाेप्य राखेकाे छ । नितान्त पारिवारिक भ्रमण भनिएता पनि साे दलमा प्रधानन्यायधिश समेत सहभागि भएकाे कुराले थप अाशंका उव्जाएकाे छ ।