रास्वपाकाे केन्द्रीय समिति बैठक काठमाडौंमा शुरू, वरिष्ठ नेता बालेन मुस्ताङतिर

मूलखबर संवाददाता
काठमाडौं, ५ भदौ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार आज वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टी घर’ मा बैठक बसेको हो । केन्द्रीय समितिका सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखको मनोनयनसम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत हुने महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिनुभयो ।

यस्तै, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा, २०८३ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल हुने कार्यसूची छ । स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने विषय पनि कार्यसूचीमा राखिएको छ ।

बैठकमा केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ । पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावसमेत बैठकमा प्रस्तुत हुने बताइएको छ ।

यता पुर्वािर्धारित केन्द्रीय समितिकाे बैठक शुरू भइरहँदा वरिष्ठ नेता तथा प्रधानमन्त्री बादेन शाह भने आकस्मिक रूपमा स्थल यात्रामार्फत मुस्ताङतर्फ लागेका छन् । उनी धादिङ हुँदै चितवनकाे मुग्लिङ कटेर तनहुँ पुगेका छन् । आजै पाेखराबाट हेलिकप्टरबाट मुस्ताङ नाने बताइएको छ ।