रास्वपाले जनयुद्ध अस्वीकार गर्नु राजनीतिक बेइमानी हाे
२०५२ साल फागुन १ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष क.पुष्कमल दाहाल’प्रचण्ड’काे नेतृत्वमा नेपालमा दीर्घकालीन जनयुद्ध घाेषणा भएकाे हाे।
निरङ्कुश राजतन्त्रको अन्त्य गरी देशमा गणतन्त्र,
संघीयता,धर्मनिरपेक्षता,समानुपातिक,समावेशी सहितकाे नेपालकाे संविधान निर्माणका लागि विकसित राजनीतिक परिस्थितिसंगै तत्कालीन कार्यनीति तथा दीर्घकालीन रणनीति याेजना निर्माण गर्दै राजनैतिक र फाैजी याेजनाकासाथ १० बर्षे जनयुद्ध सफलताकासाथ अगाडि बढाएकाे हाे।
रणनीतिक रक्षा,सन्तुलन,प्रत्याक्रमणकाे याेजनाहरु शानदार सफलतापुर्वक कार्यन्वयन भएका थिए। नेकपा(माओवादी) जनयुद्ध दबाउन राज्यद्वारा व्यापक दमन भयाे-जनयुद्ध थालनीदेखि राज्यद्वारा निर्दाेष जनताहरुलाई गिरफ्तार गर्ने,हत्या गर्ने,महिलाहरुलाई बलात्कार गर्ने,वेपत्ता पार्ने,गाउँबस्तीहरु आगाे लगाई खरानी पार्ने, लुटपाट गर्ने जस्ता राज्यआतँक फैलायाे।अप्रशन-“किलाे शेरा टु” राज्यद्वारा गरिएकाे मानव नरसंहार तथा भयनक राज्यआतँककाे घ्ना हाे।यतिले मात्र नभई राज्यद्वारा संकटकालमा सेना परिचालन गरि “सबै माओवादी भेटेजति सबैलाई मार” भन्ने आदेश र कार्यन्वयनकासाथ राज्यसत्ता सरकार दमनमा उत्रियाे।
दमनका विरुद्ध प्रतिराेध र आक्रमणमा उत्रेकाे नेकपा
(माओवादी) जनयुद्धले एकपछि अर्काे सफलता प्राप्त गर्दै अगाडि बढीरहयाे। पार्टी,जनमुक्ति सेना,जनसत्ता स्थापना गरी देशका झण्डै असी प्रतिशत भु-भागमा आफ्नाे बर्चस्व कायम गरयाे।आधार इलाका निर्माण र सुदृढ गर्दै जनसरकार संचालन गरयाे। ग्रामीण इलाकाहरु पुर्णतः माओवादीकाे बलियाे इलाकाकाे रुपमा स्थापित भए।
सरकार-माओवादीबीच वार्ता-संवाद पनि भइरहयाे, तर सरकार यसलाई समाधानतिर हाेइन-दमनबाटै तह लगाउने हिंसात्मक बाटाे राेज्याे।यसै क्रममा राज्यद्वारा हजाराै निर्दाेष नेपाली नागरिकहरुकाे ज्यान लिने काम भयाे,कैयौं वेपत्ता पारयाे,कैयौं घाइते-अपांगता भए।दमनकाे विरुद्ध प्रतिराेधमा जनताका विराेधीहरुकाे कतिपयकाे युद्धको नियमअनुसार कार्वाही हुँदा ज्यान पनि गयाे। दमन र प्रतिरोधबीच यी घट्नाहरु हुनु युद्धकाे नियमभित्रै पर्छ।
१० बर्षे महान जनयुद्धको जगमा संचालित २०६२/६३
काे जनआन्दोलन,नेकपा(माओवादी) र नेपाल सरकारबीचकाे १२ बुँदे सम्झाैता, विस्तृत शान्ति सम्झाैताहरुकै कारण देशमा राजतन्त्रको अन्त्य भयाे। नेकपा(माओवादी)जनयुद्धविना राजतन्त्रको अन्त्य संभव थिएन्।
संघीय लाेकतान्त्रिक गणतन्त्र व्यवस्था,गणतन्त्र,संघीयता,
धर्मनिरपेक्षता,समानुपातिक,समावेशी सहितकाे नेपालकाे संविधान जनयुद्धकाे जगबाट स्थापित हाम्रा उपलब्धिहरु हुन्। विस्तृत शान्ति सम्झाैताका हस्ताक्षरकर्ता तत्कालीन नेपाल सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद काेइराला हामीबीच हुनु हुन्न, तर अध्यक्ष क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली जनताका मुख्य अभिभावकका रुपमा हामीसंगै हुनु हुन्छ। राजनीतिक परिवर्तनकाे मुख्य उपलब्धि नेकपा(माओवादी) जनयुद्ध नै हाे भन्ने सबैले स्वीकार्छन्- रास्वपाले नस्वीकार्नुकाे कारण के?-सर्वत्र जनचासाे विषय हाे।
नेकपा(माओवादी) जनयुद्धको उपलब्धिलाई “दिनलाई नै राती” पार्ने गरी रास्वपाले अस्वीकार्य गर्नु राजनैतिक बेइमानी हाे। अहिले रास्वपाकाे राष्ट्रिय महाधिवेशन चितवनमा चलिरहेकाे छ।पार्टी सभापति रवि लामिछानेले प्रस्तुत गरेकाे दस्तावेजकाे मुलभुत अँशहरु मिडियाहरुमा पनि आइरहका छन् ।त्यहाँ सहभागी कतिपय प्रतिनिधिहरुबाट विषयहरु बाहिर आएकै छन्।देशमा भएकाे राजनीतिक परिवर्तन,
सामाजिक क्रान्ति,जनयुद्धको सफलता र यसबाट प्राप्त उपलब्धिलाई अस्वीकार गर्न कसरी सके हाेला-बडाे गम्भीर विषय हाे।
राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना नेकपा(माओवादी)
जनयुद्ध र जनयुद्धको जगमा संचालित २०६२/६३ काे जनआन्दोलनबाटै भएकाे हाे-के याे रास्वपा सभापति रवि लामिछाने र उनका सदस्यहरुलाई थाहा नभएकाे विषय हाे र? गणतन्त्र,संघीयता,धर्मनिपेक्षता,समानुपातिक,समावेशी सहितकाे नेपालकाे संविधान निर्माणमा राजनीतिक दलहरु र विशेषतः नेकपा(माओवादी) अध्यक्ष तथा नेताहरुकाे भुमिका छ-चाहे संघीय संसदमा हाेस् चाहे पार्टीमा हाेस्। संघीय लाेकतान्त्रिक गणतन्त्र व्यवस्था र नेपालकाे संविधान निर्माणमा नेकपा(माओवादी) काे मुख्य भुमिका र याेगदान छ। के याे कुरा रास्वपा पार्टी सभापति र उनका नेता,कार्यकर्तालाई
थाहा नभएकाे विषय हाे र? जानी-जानी यसाे गरेका छन्- गम्भीर षडयन्त्र भइरहेकाे सहज अनुमान गर्न सकिन्छ। जनयुद्ध अस्वीकार गर्नु भनेकाे जुन थालीमा खायाे त्यही थालीमा दिशा गर्नु भने जस्तै हाे।विषय सामान्य छैन्-याे गम्भीर प्रश्नकाे जवाफ चाहिएकाे छ-नेपाली जनतालाई।
नेकपा(माओवादी) जनयुद्धको कारण महिला,दलित, जनजाति-आदिवासी,थारु,मधेसी, अल्पसंख्यक समुदायकाे प्रतिनिधित्व राज्यका अँगहरु,निकायहरु लगायत राजनीतिक नियुक्तीहरुमा सुनिश्चित भएकाे छ।नेकपा(माओवादी) जनयुद्धविना याे संभवै थिएन्। आज याे कुराकाे गहिराे बाेध हुनु पर्छ- रास्वपालाई। नेकपा(माओवादी)जनयुद्ध नभई दिएकाे भए,राजतन्त्र नफ्याँकी दिएकाे भए-रास्वपा नै हुने थिएन्-रवि+बालेन्द्र नै याे ठाउँमा हुने थिएनन्।सत्य कुरा त स्वीकार्न सक्नुपर्छ। राजनीतिक विषेशता,चरित्र र संस्कार पनि हाे।
संयुक्त राष्ट्रसंघकाे मध्यस्थतामा सेना समायोजन र विस्तृत शान्ति सम्झाैतामा “सशस्त्र संघर्ष” समेत उल्लेख छ-यतिसम्म पनि भन्न नसक्नु सिधै जनयुद्धका उपलब्धिमाथि प्रहार हाे।गणतन्त्र व्यवस्था र संविधानमाथि प्रहार हाे। हामी जनयुद्ध नै भन्छाै – हामीले लडेकाे लडाई जनयुद्ध नै हाे- न्यायपुर्ण जनयुद्ध ।
शान्तिकालमा उदाएका चैतेहरुलाई जनयुद्धकाे कथा र व्यथा थाहा छैन्- दु:खकष्ट के हाे थाहा छैन्। यिनीलाई यतिमात्र थाहा छ- जेनजी आन्दोलन,त्याे पनि भित्री कथा सिमित व्यक्ति बाहेक धेरैलाई थाहा छैन्।वास्तविक जेनजी १३-२८ बर्षका नवयुवाहरुकाे आन्दोलन हाइज्याक गरेर सरकारमा पुगेकालाई उन्माद चढेकाे छ।
अहँकार,घमण्ड,दम्भले सिमा नाघेकाे छ। जथाभावी बाेल्ने,जनतालाई हेप्ने,राजनीतिक दलहरुप्रति पुर्वाग्रही,
प्रतिशाेध-बदला भावले ग्रसित छन्।रास्वपा हावाले भरिएकाे बेलुन झैं एकदिन फुट्छ-अहँकार,प्रतिशाेध,बदलाकाे परिणाम यही हुन्छ।
नेपाली कम्युनिस्ट पार्टीका संयाेजक क.प्रचण्डले भन्नु भएकाे थियाे-“रवि,बालेन र हर्कहरु गणतन्त्रको बगैंचामा फुलेका फुलहरु हुन्”।गणतन्त्रका पिता-क.प्रचण्डको भनाई सहि नै हाे।
तर पछिल्लो राजनीतिक घट्नाक्रम हेर्दा रास्वपाकाे बालेन्द्र शाह नेतृत्वकाे सरकार,संसदप्रति प्रधानमन्त्री बालेन्द्र शाहकाे व्यवहार,नेपाल र नेपालीहरुकाे -राष्ट्रियतामाथि नै आँच आउने राष्ट्रघातक अभिव्यक्ति,रास्वपाकाे प्रतिवेदनमा जनयुद्ध अस्वीकार,प्रदेश खारेज जस्ता गम्भीर विषयहरुले गणतन्त्रको बगैचामा फुलेका फुलहरु नभई “विषालु फुलहरु”हुन भन्ने कुराकाे पुष्टि हुदै गएकाे छ। जनयुद्धका उपलब्धिहरुलाई स्वीकार्न सक्नुपर्छ।आज हामी जहाँ छाै- यसकाे परिभाषा,परिचय,पहिचान जनयुद्धले नै गराएकाे हाे।



