काभ्रेकाे नमाेबुद्वमा बस दुर्घटना : ज्यान गुमाउने आठ पुगे, उद्धार जारी
काभ्रे जिल्लाकाे बनेपाबाट रोशी–८ खार्पाचोक जाँदै गरेको बस नमाेबुद्वस्थित बीपी राजमार्गको बुच्चाकोटमा दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएको छ ।
नमोबुद्ध–२ सेल्फीडाँडा हुँदे रोशी जान लागेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो ।
हालसम्म आठजनाकाे ज्यान गएकाे प्रहरीले पुष्टि गरेको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको पनि प्रहरीले बताएकाे छ ।
घटनाबारे विस्तृत विवरण आइसकेको छैन । तस्बिर : रोजन तामाङ




