सहमति नजुटेपछि सुचना टाँसेर संसद बैठक स्थगित
प्रधानमन्त्रीकाे अभिव्यक्तिका कारण विथाेलिएकाे संसद आज बैठक नै नबसरी स्थगित भएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ मा संसद्मा भारतसँगको सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् ।
बुधबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको थियो । बैठक स्थगित गरेर सभापति लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए ।
सभापति लामिछानेसँगको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा आएर आफ्ना धारणा राख्नुपर्ने माग राखेका थिए ।




