मानवअधिकार आयोगले अनुसन्धान कार्वाही सिफारिस गरेकाे रास्वपा सांसदहरू काे काे हुन् ?

मूलखबर संवाददाता
काठमाडौं, १४ जेठ

राष्ट्रिय मानवअधिकार आयोगले गत वर्षको जेन-जी आन्दोलनमा संलग्न रहेको आरोपमा रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि छानबिन गर्न सरकारलाई सिफारिस गरेको छ।
आयोगको प्रतिवेदनमा सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनीमा सांसदहरूको संलग्नता हुनसक्ने भन्दै सूक्ष्म अनुसन्धान गर्न भनिएको छ।
रास्वपाका सांसदहरूले भने आफूहरू निर्दोष रहेको र निष्पक्ष तथा स्वतन्त्र अनुसन्धानको माग गरेका छन्।

आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा रास्वपाका सांसदहरूमाथि छानबिनका लागि सरकारलाई सिफारिस गरेको छ । रास्वपाका नेताहरूलाई समेत छानबिन गर्नुपर्ने सिफारिस गरिएको छ ।

सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी गरिएको भदौ २४ को घटनामा नक्खु कारागारमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने बाहिरिएको घटनालाई लिएर आयोगले छानबिन गर्न भनेको हो ।

अनुसन्धानका लागि सिफारिस गरिएका रास्वपा सांसद :

१. रवि लामिछाने

२‍. सुधन गुरुङ

३‍. दीपक बोहोरा

४. मनिष झा

५. गणेश कार्की

६. सुलभ खरेल

७. बब्लु गुप्ता

८. कृष्ण कार्की

९. तोषिमा कार्की

१०. राजिव खत्री

११. शोम शर्मा

१२. केपी खनाल

१३‍. ज्वाला संग्रौला

१४. पुरुषोत्तम यादव

१५. आशिका तामाङ

१६. हरि ढकाल

१७. शिव यादव