म गरीबलाई रुवाएर कहिल्यै हाँस्न सक्दिन : हर्क साम्पाङ

मूलखबर संवाददाता
काठमाडौं, १६ बैसाख

प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले गरीबलाइ रूवाएकाे भन्दै आफू गरीबलाई रुवाएर कहिल्यै हाँस्न नसक्ने बताएका छन् ।

उनले सरकारले सुकुम्वासी बस्तीमा बसेका गरीबहरूलाइ सरकारले उठीवास लगाएकाे आराेप लगाउँदै आएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन् – मलाई संसार भरिका सामन्त, धनी, धनाढ्यहरुले गाली गरून् फरक पर्दैन तर कुनै गरीबको आँशु नलागोस् !

उनकाे स्टाटस यस्ताे छ –

मलाई संसार भरिका सामन्त, धनी, धनाढ्यहरुले गाली गरून् फरक पर्दैन तर कुनै गरीबको आँशु नलागोस् ! सुम्निमापारुहाङले मलाई सिकाउनु भएकै यही हो ! म गरीबलाई रुवाएर कहिल्यै हाँस्न सक्दिन !