ओली पक्राउविरूद्द एमाले कार्यकर्ता सडकमा, देशभर प्रदर्शन
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विराेधमा एमालेका कार्यकर्ताले शनिबार दिनभर काठमाडौंमा सडक आन्दोलन गरेका छन् ।
जेजनी आन्दोलनमा सहभागी विद्यार्थीकाे हत्यामा दाेषी भएकोले कार्वाही गर्नुपर्ने भनी गाैरीबहादुर कार्की नेतृत्वको छानवीन समितिले दिएकाे सुझावअनुसार बालेन नेतृत्वको सरकारले पहिलो दिन सबेरै पुर्वप्रधानमन्त्री ओलीलाई शनिबार पक्राउ गरेको थियाे ।
एमालेले आयाेगकाे प्रतिवेदन पुर्वाग्रही भएको र सरकारले प्रतिसाेध साँधेकाे भन्दै विराेधका कार्यक्रम सार्वजनिक गरेको थियाे ।
एमालेका भातृ संगठनहरूले काठमाडौं लगायत देशभर सडकमा नाराबाजी र ताेडफाेड समेत गरेका थिए ।





