ओेली पक्राउपछि एमालेकाे आकस्मिक सचिवालय बैठक
पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएपछि नेकपा एमालेले आकस्मिक सचिवालय बैठक आयाेजना गरेको छ ।
ओलीकाे पक्राउलाई प्रतिसाेधपुर्ण हर्कत भनेकाे उसले गाैरीबहादुर कार्की नेतृत्वको आयाेगकाे प्रतिवेदन पुर्वाग्रही भनृर खारेज गर्न माग गरेको छ ।
सचिवालय बैठकले ओलीकाे रिहाइको लागि सडक, सदन र अदालत तीनै स्थानबाट अगाडि बढ्ने सचिव महेश बस्नेतले बताएका छन् ।
त्यसैगरी वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएकोविरुद्ध सर्वोच्च अदालत जाने बताएका छन् ।
जेन–जी आन्दोलनबारे सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले आज बिहान ओली र लेखकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नु पहिले ओलीले वरिष्ठ अधिवक्ता भट्टराई लगायतका कानुनव्यवसायीसँग छलफल गरेका थिए ।





