कांग्रेस सभापति गगन थापाले दिए राजिनामा

मूलखबर संवाददाता
काठमाडौं, ५ चैत

नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनमा पराजयकाे नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका बताइएको छ तर, उनको राजीनामा सार्वजनिक गरिएकाे छैन।

२७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ । तर विशेष महाधिवेशनको आयोजनामाथि नै असहमत नेताहरू नै नवनिर्वाचित सभापति थापाकै हस्ताक्षरमा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

थापाले निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दावी सहित प्रधानमन्त्रीकाे उमेदवार आफैंलाई घाेषणा गरि निर्वाचनमा हाेमिएका थिए । उनलेे साविककाे काठमाडौं ४ छाडेर सर्लाहि ४ मा निर्वाचन लडन गएका थिए जहाँबाट पुर्व कांग्रेस नेता अमरेश सिंहसँग उनी पराजित भए ।

थापाकाे नेतृत्वमा कांग्रेस पुगेपछि पहिलोपटक भएको निर्वाचनमा कांग्रेस सर्मनाक पराजय ब्यहाेर्न बाध्य भएपछि उनलेे नैतिकताको आकारमा राजिनामा दिने बताउँदै आएका थिए ।

उनको राजिनामाबारे भाेली चैत ६ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गरिने बताइएको छ ।