अन्तिममा शुशिला पनि विवादमा : स्वकियलाइ नियुक्ति, गृहमन्त्रीलाइ राष्ट्रियसभा सदस्य
अन्तत स्वच्छ छविकाे रूपमा चर्चित प्रधानमन्त्री शुशिला कार्की पनि विवादमा तानिएकी छिन् । जेनजी अान्दालनकाे बलमा गठीत सरकारकी प्रधानमन्त्री कार्कीले विषम अवस्थामा चुनाव सम्पन्न गराएर वाहीवाही पाइरहेकी बेला अन्तिममा गरेका केही निर्णयले उनलाइर् विवादमा तानेकाे हाे ।
प्रधानमन्त्रीले आइतबार गरेको स्वकीय सचिवलाइ राष्ट्रिय प्रकृति संरक्षण काेषाकाे अध्यक्षजस्ताे महत्वपुर्ण र मालदार स्थानकाे अध्यक्ष पदमा गरेकाे नियुक्तिले उनकाे छवि विगारेकाे छ भने साथै गृहमन्त्री अाेम प्रकाश अर्याललाइ राष्ट्रिय सभा सदस्यमा नियुक्तिकाे सिफारिस पनि विवादमा तानिएकाे छ । सामाजिक सञ्जालहरूमा उनको निर्णयको आलोचना भइरहेको छ ।
विगतका सरकारहरूले सरकारबाट बाहिरिने बेलामा यस्ता निर्णयहरू गर्ने गरेका थिए । यस्तै विकृतिहरूमाथि समेत जेनजी आन्दोलनका क्रममा प्रश्न उठेका थिए । प्रधानमन्त्री कार्कीको यो निर्णयले त्यस्तै खालको दृश्य सम्झाएको भन्दै प्रश्न उठेको छ ।
जेनजी आन्दोलनको अर्गमोर्चामा रहेकी रक्षा बमले प्रश्न गरेकी छन्, ‘सडकमा सुशासनका लागि, नातावाद र कृपावादको विरुद्ध नारा लगाउँदै मेरा जेनजी साथीहरूले छाती र टाउकोमा गोली खाए। मसँगै हजारौँ साथीहरूले आफ्नो ज्यानको प्रवाह नगरी छातीमा गोली थाप्न सडकमा उत्रिए। केका लागि थाहा छ ? यो देशले, विस्तारै भए पनि, सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि। प्रधानमन्त्री र मन्त्रीज्यूहरूले आफ्ना मान्छेलाई बिदाइ उपहार स्वरूप परिषद्, विभाग वा समितीका कुर्सीहरू बाडफाटँ गर्नका लागि होइन ।’ उनले जेनजी आन्दोलनमा सहिद भएकाहरूको सम्झना पनि गरेकी छन् । रक्षाको चेतावनी छ’,होस गर्नुहोस् है, त्यो कुर्सीमा रातो लागेको छ। सडकले रगत भुलेको छैन, र रगतले रंगिएको कुर्सीले तपाईंलाई कुनै उचाइ दिने छैन ।’
श्रेष्ठ प्रधानमन्त्री कार्कीकै स्वकीय सचिवालयमा नियुक्त भएपछि पनि विवादमा आएका थिए । उनले प्रधानमन्त्रीको स्वकीय सचिवालयमा आफ्नै श्रीमति सहितका नातेदारहरूलाई नियुक्ति दिएको खुलेपछि विवाद भएको थियो । त्यसपछि प्रधानमन्त्रीको सचिवालयमा भएका ती सबै नियुक्तिहरू खारेज गरिएको थियो । अरु नियुक्ति खारेज गरे पनि प्रमुख स्वकीय सचिवमा श्रेष्ठ नै निरन्तर रहे ।
प्रधानमन्त्री कार्कीका अनुसार श्रेष्ठ उनलाई सहयोग गर्ने निकट व्यक्ति हुन् । त्यही व्यक्ति भएका कारण उनले श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाएकी हुन् । कोषको संरक्षक प्रधानमन्त्री हुन्छन् । प्रधानमन्त्रीले अध्यक्षमा नियुक्ति दिन सक्ने व्यवस्था छ । त्यही अधिकार प्रयोग गरेर बालुवाटार छोड्नुअघि उनले स्वकीय सचिवलाई नियुक्तिको प्रबन्ध गरिदिएकी हुन् ।





