नेपाली कम्युनिस्ट पार्टीले टुंगायाे समानुपातिक तर्फ ९ जनाकाे नाम
नेपाली कम्युनिस्ट पार्टीले समानुपातिक सांसदकाे नाम टुंगो लगाएकाे छ ।
आज बसेकाे सचिवालय बैठकले पार्टीको लागि प्राप्त ९ जना सांसदकाे नाम बन्दसूचीबाट छनाैट गरेको हाे ।
जस अनुसार बलावती शर्मा, प्रमेश हमाल, प्रेम बहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौराको नाम पठाएको छ।
नेकपाले प्रत्यक्षतर्फ ८ सिट जितेको छ।





