मध्यपुर्वमा भएको घटनाले चिन्तित, नेपालीको सुरक्षा पहिलो प्राथमिकता : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, १७ फमगुन

मध्यवसर्वमा भएका आक्रमण र तनावले गम्भीर चिन्ता उत्पन्न भएको नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

पछिल्लो समयमा इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछि विकसित घटनाहरूले मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव सिर्जना गरेको छ। यस परिस्थितिप्रति म गहिरो चिन्ता व्यक्त गर्दछु। प्रचण्डले आज जारी गरेकाे  प्रेस नाेटमा भनेका छन् ।

उनलेे प्रेस नाेटमा त्यस क्षेत्रमा रहेका  नेपाली नागरिकको सुरक्षा प्रमुख प्राथमिकता रहेकाे बताएका छन् ।

उनलेे भनेका छन्-
यस स्थितिमा मध्यपूर्वमा कार्यरत लाखौं नेपालीको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो। विकसित परिस्थितिको प्रत्यक्ष प्रभाव उनीहरूमा पर्न सक्ने भएकाले नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन, आवश्यक कूटनीतिक पहल गर्न तथा कुनै पनि नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन म आग्रह गर्दछु।