दल नबदल्नुस्, मत मात्रै बदल्नुस् : रवि लामिछाने

मूलखबर संवाददाता
चितवन, १५ फागुन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनका मतदाताले दल नबदली मत मात्रै बदल्न आग्रह गरेका छन् ।

उनलेे भनेका छन्- राजनीतिक दल बदल्नुपर्छ भनेकै छैन मात्रै मत बदल्नुस् ।

भदौ २३ र २४ गतेको घटना घटाउनेहरू एकै भएको उनको भनाई छ । चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘सिंहदरबार त्यसैले जलायो जसले भ्रष्टाचारको अखडा बनायो । बालबालिकालाई गोली उसैले हान्यो । सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै हो ‘ उनले भने ।

उनले इतिहासले मागेको कुरा पूरा गर्नका लागि आफूहरू तयार भएर आएको पनि बताए । ‘जो जहाँ हुनुहुन्छ – राजनीतिक दल बदल्नुपर्छ भनेकै छैन मात्रै मत बदल्नुस् । सबैको पार्टी हो रास्वपा,’ उनले भने,’ मलाई चर्को नबोल भन्छन् । म परेँ रवि लामिछाने ।’