गाैर क्षेत्रमा आज पनि कर्फ्यु, कुनै पनि भेला सभा सम्मेलनमा राेक

मूलखबर संवाददाता
काठमाडौं, १० फागुन

जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा आजलाई पनि कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले शनिबार साँझ नयाँ सूचना निकालेर आज आइतबार पनि कर्फ्यु आदेश निरन्तरता दिएका छन् ।

सूचनाअनुसार आज दिउँसो १ बजेदेखि लागू भएको कर्फ्यु बिहान साढे ६ बजेसम्म निरन्तर रहनेछ । त्यसपछि अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेपछि साढे ८ बजेसम्म कर्फ्यु खुकुलो पारिएको छ । सो अवधिमा पनि कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने प्रशासनले स्पष्ट गरेको छ ।