काठमाडौंबाट ओखलढुंगा जाँदै गरेकाे बस रामेछापमा तामाकोसीमा खस्याे

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौंबाट ओखलढुंगाका पाेकली जाँदै गरेको बस आज बिहान रामेछापमा तामाकोसी नदीमा खसेर दुर्घटनामा परेको छ ।

रामेछापको मन्थली लिलाैटीमा भएको साे बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । घटनामा परेका १० को उद्दार गरिएको प्रहरीले जनाएको छ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा नौं जनाको ज्यान गएको हाे ।

काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यात्रुबाहक बस २०८२ माघ २७ गते मंगलबार बिहान अन्दाजी ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो ।