नेकपाकाे राष्ट्रिय सभा संसदिय दल नेतामा भुषाल

मूलखबर संवाददाता
काठमाडौं, ११ माघ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ।

त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ।

पार्टीले दलको नेता नारायण काजी श्रेष्ठ राजिनामा दिएर निर्वाचनको उम्मेदवार बनेपछी राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टिम गठन गरेको हो।