स्वतन्त्र उमेदवारी दिने महिला धेरै
आसन्न प्रतिनिधिसभा निर्वाचनमा दलहरूले प्रत्यक्षतर्फ निकै थोरै महिला उम्मेदवार उठाए पनि स्वतन्त्र उम्मेदवारी दिने महिलाको संख्या उल्लेख्य छ।
निर्वाचन आयोगका अनुसार कुल ३ हजार ४ सय ८४ जनाको उम्मेदवारी परेकोमा महिलाको संख्या ३ सय ९५ मात्रै छ। यो कुल उम्मेदवारको ११.३४ प्रतिशत मात्र हो। जबकि स्वतन्त्रतर्फ १६० महिलाले उम्मेदवारी दर्ता गराएका छन्।
स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमध्ये ४० वर्षमुनिका ६४ जना महिला छन्। आयोगका अनुसार सबैभन्दा कम उमेरकी स्वतन्त्र महिला उम्मेदवार २५ वर्षीया रामकुमारी खङ हुन्। उनले सप्तरी–१ बाट उम्मेदवारी दिएकी हुन्। उमेर समूहअनुसार हेर्दा स्वतन्त्र उम्मेदवारमध्ये ४० वर्षमुनिका ६४ महिला छन्।
४० देखि ६० वर्ष उमेर समूहका ९४ जना महिलाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। त्यस्तै ६० वर्षमाथिका ८ जना महिलाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।




