लमजुङका नेकपा उमेदवार हरिजङका १२ प्रतिवद्वता के हुन् ?

मूलखबर संवाददाता
काठमाडौं, ८ माघ

लमजुङमा माघ ६ गते प्रतिनिधिसभा सदस्यकाे लागि प्रत्यक्ष तर्फका उमेदवारहरूले मनाेनयन दर्ता गरेका छन् ।

त्यसमध्ये नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उमेदवार बनेका हरिजङ तामाङले संविधान रक्षा, आदिवासीजनजातिकाे हक संरक्षण, जिवनस्तर सुधार र जिल्लाकाे माटाे सुहाउँदो विकास समेटिएका प्रारम्भिक १२ बुँदे प्रतिवद्वता सार्वजनिक गरेका छन् ।

उनलेे सार्वजनिक गरेका प्रतिवद्वताहरू- 

१. अबकाे चुनाव नीतिगत चुनाव हुने भएकाले नेपाली कम्युनिस्ट पार्टीले संविधानकाे रक्षा गर्दै Gen-Z ले उठाउदै आएको र हामीले पनि २०/२१ बर्ष पहिले देखि उठाउदै आएको स्थिर सरकार जसकाे लागि प्रत्यक्ष कार्यकारी शासकीय प्रणाली ,पूर्णसमानुपातिक निर्वाचन प्रणालीकाे,सुशासन र भ्रष्टाचार रहित राज्यकाे निर्माण गर्न सशक्त भूमिका खेल्ने ।

२. छिमेकी देशहरू र अन्य देशहरू संग सन्तुलित सम्बन्ध, पञ्चशिल सिद्धान्त र सन्तुलित पराराष्ट्र नीतिकाे अवलम्बन गरि विभिन्न विभेदकारी सन्धि र असमान सान्धिहरूकाे सिहबलाेकन गर्न पहल गर्ने ।

३. Gen- Z हरूकाे पवित्र मनासयकाे मागहरू वा जायज मागहरूकाे सम्बाेधन गर्ने पहल गर्ने ।

४. गाेरखा भर्तीका कारण विभिन्न जातिहरू ( तामाङ,दुरा भुजेल, दलित समुदाय र अन्य जातिहरू) पुस्ताै पुस्ता देखि हाल सम्म पनि लाहुरेहरूकाे जातीय पहिचान कानुनी रूपमा खाेसिएकाे छ वा गुमाएकाे छ त्यसलाई आफ्नो जातीय पहिचान सहितकाे कागजपत्र ( नागरिकता प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र, र अन्य कागजातहरू) काे व्यवस्थापन गरौन पहल गर्ने ।

५. लमजुङ जिल्लामा रहेकाे ( दुरा,चेपाङ र माझी जाति )अल्पसंख्यक सीमान्तीकृत र लोपोन्मुख जातिहरूकाे संरक्षण र विकासमा विशेष भूमिका खेलिनेछ साथै दुरा जातिकाे उद्गमथलाेलाई नेपालीको संविधान २०७२ काे दफा ५६ ( ४) बमोजिम संरक्षित क्षेत्रकाे रूपमा विकास गरि जीवित संग्रहालयकाे स्थापना गर्न विशेष भूमिका रहनेछ ।

६. आदिवासी जनजातिहरूकाे प्रथा जनित कानुनलाई( भदाैं सभा,नाल सभा लगायत विभिन्न गाउँमा अभ्यास गर्दै आएको प्रथा ) स्थानीय सरकार,प्रदेश र संघ सरकार संगकाे समन्वयमा संस्थागत गर्न विशेष भूमिका खेल्नुका साथै आदिवासी जनजाति, दलित समुदायकाे सीपलाई आधुनिकरण र औधाेगिकरण गर्न पहल गर्ने।

७. वनपैदावार,Local Resources Basic मा स्थानीय सीपलाई उधाेगकाे रूपमा विकास गरि राेजगार दिलाउन अधिकतम भूमिका खेल्ने ।

८.लमजुङ जिल्लामा शिक्षा र स्वास्थ्यकाे क्षेत्रमा गुणस्तरीय सेवाकाे लागि विशेष भूमिका खेल्ने प्रदेश अस्पताललाई थप PCL Nursing,100 देखि २०० सम्म शैंयमा वृद्धि र हाल ७० कराेड बराबरकाे भवन निर्माणकाे अवस्था थप बहुउपयाेगी भवन निर्माण गर्न पहल गर्ने ।

९. जलविद्युत तथा अन्य आयोजनाहरू समुदायकाे सामाजिक, सांस्कृतिक तथा Eco-system लाई ध्यानमा राखी आयोजना निर्माणका समन्वय तथा सहजिकरण गर्ने तथा एकीकृत नियम तथा कानुन निर्माणमा आधारित आयोजना निर्माण गर्न पहल गर्ने ।

१०.भाैतिक,पुर्वधार, सडक,पर्यटन, खेलकूद,कृषिलाई लमजुङ जिल्लामा राेजगार निर्माण तथा दिगाे विकास निर्माणमा सहजिकरण गर्ने ।

११. लमजुङ जिल्लामा रहेका विभिन्न नदिहरू चेपे,दोर्दी,किसेदी,मार्श्यङ्दी,मादी,मिदिम र अन्य सहायक नदिहरूकाे काेरिडाेरमा सम्भाव्यताकाे विस्तृत अध्ययन गरि एकीकृत विकासकाे गरि राेजगारकाे सृजना गर्ने तथा बसाइँसराइलाई कम गर्न पहल गर्नेछु ।

१२. बैदेशिक राेजगारका लमजुङे दाजुभाइ तथा दिदीबहिनीहरूकाे हितकाे लागि आवश्यकताकाे र प्राथमिकताकाे आधारमा समन्वय गर्ने ।